काठमाडाै- घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी। यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ। सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी-बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो।
योजना अघि सारिएसँगै अब छोरी-बुहारीलाई केही राहत मिल्ने देखिन्छ। चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरी-बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ।
सामाजिक मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले ४ सय छोरी-बुहारीका लागि १ करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन्।