एजेन्सी– बोलिभियाले मेक्सिकोका राजदूत र दुई जना स्पेनीस कुटनीतिज्ञलाई मेक्सिकोका राजदूतको निवासमा गएको सोमबार भएको घटनालाई लिएर निस्कासन गर्ने भएको छ।
स्पेनले भने बोलिभियाको कदमकै शैलीमा कदम चाल्ने भएको छ। यसको अर्थ बोलिभियाका दुई कूटनीतिज्ञलाई स्पेनले पनि निस्कासन गर्न सक्नेछ। मेक्सिकोले भने आफ्नो देशका राजदूतलाई सुरक्षाका कारण देखाउँदै यसअघि नै फिर्ता बोलाइएको जनाएको छ।
यी देशबीचको सम्बन्धमा आएको उथलपुथलको आकस्मिक कारण के होला? यसको जवाफ पाउन बोलिभियाका पूर्वराष्ट्रपति इभो मोराल्सको प्रसंगमा पुग्नुपर्छ।
उनलाई गएको नोभेम्बरमा मेक्सिकोमा शरण दिइएको थियो। उनी विवादास्पद निर्वाचनमा पुनःनिर्वाचित भएपछि मेक्सिकोतर्फ उडेकोमा उनलाई त्यहाँ शरण दिइएको थियो।
मेक्सिकोले आफ्ना राजदूतको निवासपनि मोराल्सका सहयोगीहरुका लागि खुला गरेको थियो। जसले गर्दा पूर्वराष्ट्रपतिको विरुद्धमा रहेका बोलिभियनहरु आक्रोशित भएका थिए।
सो घटनापछि बोलिभिया र मेक्सिकोबीचको सम्बन्धमा नराम्रो अवस्था उत्पन्न भएको हो। अहिले बोलिभियाको नेतृत्व अस्थायी रुपमा जेनाइन अनेजले गरिरहेका छन्। जो पहिला विपक्षी सिनेटर हुन्।
आरोप के छन्?
स्पेनका कार्यबाहक राजदूत क्रिस्टिना बोर्रेगुरोले मेक्सिकोको दूतावासमा शुक्रबार औपचारिक भ्रमण गरेकी थिइन्।
तर, बोलिभियाले सो भ्रमण कुनै शत्रुतापूर्ण कार्य भएको आरोप लगायो। बोलिभियाको अन्तरिम सरकारले स्पेनमाथि देशका मोस्ट वान्टेड व्यक्ति पूर्वआन्तरिक मन्त्री जुआन रामोन क्न्टिानालाई उम्काउन लागि परेको आरोप लगाएको थियो।
स्पेनले सो आरोपको कडा रुपमा खण्डन ग¥यो। क्विन्टाना मोराल्सका पूर्व प्रमुख सहयोगी हुन्। उनी माथिपनि पूर्वराष्ट्रपतिलाई जस्तै देशद्रोह र आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लागेको थियो।
खासगरी निर्वाचनपछि भएको हिंसालाई लिएर सो आरोप लगाइएको हो। दुवैले सो आरोप अस्वीकार गरेका छन्।
किन तनाव?
मोराल्सका आलोचकहरु मेक्सिकन राजदूतको निवास बाहिर बसेर क्विन्टानालाई आफ्नो देशका अधिकारीहरु समक्ष हस्तान्तरण गर्न आग्रह गर्दै आइरहेका छन्। मेक्सिकोको विदेश मन्त्रालयले आफ्नो दूतावासलाई बाहिरबाट घेराबन्दी गर्ने काम गरिरहेको जनाएको छ।
उसले बोलिभियाका अधिकारीहरुले आफ्ना कुटनीतिक स्टाफलाई हतोत्साही पार्ने र धम्क्याउने काम गरिरहेको जनाउँदै इन्टरनेसनल कोर्ट अफ जस्टिजलाई यो विवादमा मध्यस्थताका लागि आग्रह गरेको छ।
राजनीतिक शुन्यताले द्वन्द्व
स्पेनिस समाचारपत्र अल पेइजका अनुसार तनाव अरु समयको तुलनामा गएको शुक्रबार निकै थियो। त्यहाँ रहेका प्रदर्शनकारीले दूतावासबाट निस्केको भ्यानमा प्रतिवाद गर्न खोजेका थिए। उनीहरुले क्विन्टाना पनि त्यसमा भएको ठानेका थिए। स्पेनिस कुटनीतिज्ञसँगको बैठक करिब ४० मिनेट भएको मेक्सिकोको विदेश मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ।
सो मन्त्रालयका अनुसार स्पेनिस कुटनीतिज्ञ त्यहाँबाट बाहिर निस्कन खोज्दा प्रहरीले कारलाई रोकेपछि समश्या उत्पन्न भएको हो । कारमा डिप्लोम्याटिक लाइसेन्स भएपनि प्रहरीले रोकेको थियो।
मेक्सिकोका राजदूत चिच्याएको आवाज सुनियो। यो कसको थियो भन्ने प्रष्ट खुलेको भने थिएन। त्यसपछि उनले प्रतिनिधिमण्डललाई भित्र बोलाए। प्रहरीले गाडिबाट ओर्लेर बाहिर जान कुटनीतिज्ञलाई भनेकोमा उनीहरुले सुरक्षाका कारण देखाउँदै त्यसो गर्न मानेनन्।
यसै प्रसंगमा आक्रोशित मेक्सिकोकी राजदूत मारिया टेरेसा मर्काडोले एउटा ट्विट गरेकी थिइन्।पछि उनले त्यो डिलीट गरिन् ।उनले त्यसमा बोलिभियाका अधिकारहिरुले भियना अभिसन्धी उल्लंघन गरेको आरोप लगाएकी थिइन्। सो अभिसन्धीले कुटनीतिक अधिकारको रक्षा गर्दछ । अल पेइजले जनाए अनुसार त्यहाँ स्पेनीस प्रहरीका अधिकारीले फोटो नखिचियोस् भनेर कुटनीतिज्ञको मुख छोपिदिएका थिए।
तर, बोलिभियाका अधिकारीले उनीहरुले आफ्नो गोप्य अपरेसनका कारण मुख छोपेको आरोप लगाएका छन्। बोलिभिया सरकारले विदेशी राजदूतका शत्रुतापूर्ण गतिविधि सहन नसकिने जनाएको छ। बीबीसी