काठमाडौं– नेपाली सिनेमाले ट्रेलर सार्वजानिक गरेपछि मोटामोटी सिनेमा यस्तो होला भन्ने अड्कल गर्न सकिन्छ। ‘१२ सत्ताइस’ सिनेमाले आफ्नो दोश्रो ट्रेलर भर्खरै मात्र सार्वजनिक गरेको छ। माघ ३ गते रिलिज हुने सिनेमाले पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने पात्रहरूको कथा पेस गर्छ।
सिनेमामा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउदको मुख्य अभिनय रहेको छ। यो सिनेमाको निर्देशन भने जोन योञ्जनले गरेका हुन्।
निर्देशक जोनले नै लेखेको कथामा बनेको सिनेमालाई ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण गरेको हो। सिनेमामा अनिश स्यांगदेनको छायाँङ्कन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।
https://www.youtube.com/watch?v=rpNdHNxN4jE&feature=youtu.be