काठमाण्डौ–नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ।
दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास रहेको छ।
अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन थालिएको हो।
दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने साथै दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ।