काठमाडौं– पुरुषको तुलनामा महिलाको शारीरिक अवस्था कमजोर हुन्छ। महिलाका शरीरका हरेक भागलाई कमजोर मानिन्छ। यो आम भनाइ हो, उनीहरू शारीरिक हिसाबले पनि अब्बल र बलिया मानिन्छन्। हुनतः हाम्रो समाज नै यस्तै छ।
महिला र पुरुषलाई लिएर लिङ्गका आधारमा भेदभाव गरिन्छ। तर, यो सत्यतालाई पनि अस्वीकार गर्न सकिँदैन कि दुखाइ सहने क्षमता महिलामा जस्तो पुरुषमा हुँदैन। चाहे त्यो दुखाइ शारीरिक होस् वा भावनात्मक, दुनियाँका हरेक किशोरी महिनावारी शुरु हुनुअघि पीडादायी क्षणबाट गुज्रन्छन्।
कसैलाई यो पीडा कम हुन्छ भने कसलाई असह्य। कतिसम्म भने महिनावारी शुरु हुनुअघि पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या पनि कतिले झेल्ने गर्छन्। मासिक श्रावको बेला सामान्य दुखाइ हुनु आम महिलाको समस्या हो। तर, असामान्य रूपमा दुखाइ एवं पीडा सहन गाह्रो हुन्छ भने त्यो खतरनाक रोगको सङ्केत हुनसक्छ, जसलाई एन्डोमेट्रियोसिस भनिन्छ।
के हो त एन्डोमेट्रोयोसिसः
यो गर्भाशयमा हुने समस्या हो, यसमा एन्डोमेट्रियम टिस्युबाट गर्भाशयको भित्र पत्र बनेको हुन्छ। गर्भाशयको आन्तरिक पत्र बनाउने एन्डोमेट्रियममा जब असामान्य बढोत्तरी हुनथाल्छ, त्यो गर्भाशयबाट बाहिर फैलन थाल्छ। कहिलेकाहीँ त गर्भाशयको पत्र बाहिरी पत्रबाहेक अन्डाशय, आन्द्रा र अन्य प्रजनन अङ्गमा पनि फैलन्छ।
यसैलाई एन्डोमेट्रियोसिस भनिन्छ। यो समस्या मासिक स्रावसँग जोडिएको छ।एन्डोमेट्रियोसिस भएपछि महिनावारीका क्रममा धेरै रगत बग्छ। महिनावारी शुरु हुनुअघि कमजोरी एवं थकान महसूस हुन्छ। मेरुदण्डको तल्लो भागमा दुखाइ अनुभव हुन्छ।
रिसर्चमा ध्यान छैनः
विश्वका हरेक १० महिलामा एक एन्डोमेट्रियोसिसले ग्रस्त हुन्छन्। भनिन्छ, १७ करोडभन्दा बढी महिला यस पीडाबाट गुज्रिरहेका छन्। आज मेडिकल क्षेत्रमा ठूल्ठूला अध्ययन भएका छन्। तर, महिलासँग जोडिएको थुप्रै समस्यामाथि खासै ध्यान दिइएको छैन। त्यहीमध्येको एक हो, (एन्डोमेट्रियोसिस)
अमेरिकामा पनि धेरै महिला यस रोगको शिकार छन्। त्यहाँ महिलासँग जोडिएको रोगको रिसर्चका लागि औसत ६० लाख डलर वार्षिक रूपमा खर्च गरिँदै आएको छ। तर, निद्राका सम्बन्धमा रिसर्च गर्नका लागि यसभन्दा ५० गुणा बढी रकम खर्च गरिन्छ। एक रिसर्चअनुसार एन्डोमेट्रियोसिसले ग्रस्त महिला हरेक महिना एक पीडादायक क्षणबाट गुज्रन्छन्। साथै यसको उपचारमा पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन्।
यस रोगका कारण कति महिलामा बाँझोपनको समस्या पनि हुन्छ। महिलाले झेलिरहेको यो समस्यामाथि चिकित्सक पनि उति गम्भीर छैनन्। सामान्यतः शुरुआती परीक्षणमा चिकित्सकले यस दर्दका कारण हुने घाउ देख्दैनन्। यस्तो धेरै कम भएको छ कि, जब एन्डोमेट्रियोसिसको स्क्यानमा अल्ट्रासाउन्ड नेगेटिभ आएको होस्।
यसको उपचारः
केस हिस्ट्री, टेस्ट र सोनोग्राफीबाट एन्डोमेट्रियोसिसको समस्या पत्ता लगाउन सकिन्छ। कहिलेकाहीँ ल्याप्रोस्कोपीको सहयोगबाट पनि यस रोगबारे पत्ता लगाएर उपचार गर्न सकिन्छ।यसका लागि पेटमा २(३ वटा स(साना क्यामेरा र अन्य उपकरण लगाएर पेल्विकभित्र एन्डोमेट्रियाटिक हिस्सा हटाउने वा लेजरको मद्दतले जलाउने गरिन्छ। हुन त सर्जरीपछि पनि फेरि यो पलाउने आशङ्का रहन्छ र कतिपय रोगीलाई मल्टिपल सर्जरीको आवश्यकता पर्न सक्छ।
मेडिकल ट्रिटमेन्टमा कृत्रिम मेनोपाजको माध्यमबाट एन्डोमेट्रियोसिस रोक्न सकिन्छ। यसका लागि हर्माेनल औषधि वा महिनामा एकवटा इन्जेक्सन काफी हुन्छ। हुन त यो पक्का उपचार होइन र यसको साइड इफेक्ट पनि हुनसक्छ। यसका साथै एन्डोमेट्रियोसिसका समस्याले ग्रस्त महिलाले बच्चा जन्माउन चाहेमा यसका लागि आईयूआई र आईबीएफजस्ता स्पेशल उपचार पनि छ।