काठमाडौं– नायिका शिल्पा पोखरेलको नाम नेपाली चलचित्रमा एक स्थापित नाम हो। उनै नायिका शिल्पा र निर्माता छविराज ओझाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ। अर्कोतिर, उनीहरुलाई बहुबिबाहको मुद्दा समेत चलेको छ। कुनै पनि मुद्दाको छिनोफानो भईसकेको छैन।
यसैले, पनि अहिले शिल्पा र छविविच जित र हारको लडाई चलिरहेको छ भन्दा हुन्छ। यसले, शिल्पाको करिअरमा नै संकट उत्पन्न त गरिदिएको छ। अर्कोतिर, शिल्पा र छविको मुद्दाको किनारा नलागेसम्म दुबैलाई आनन्द पनि प्राप्त हुँदैन। सायद, शिल्पा जित र हारको विचमा छिन् यतिबेला। उनको एउटा भनाइले पनि यो कुरा वुझ्न सकिन्छ । शिल्पा लेख्छिन्, ‘गज्जबको प्रतिस्पर्धा चल्दैछ भाग्य र म बिच। उ जित्न दिदैन, म हार्न जान्दिनँ।’
शिल्पाले भाग्यले आफूलाई जित्न नदिएको तर आफूले हार्न नजानेको भनेर सायद, आफ्नो वर्तमान अवस्थालाई चित्रण गर्न खोजेको हुनुपर्छ। शिल्पाले एक भोजपुरी चलचित्रमा हालसालै काम गरेकी छिन्। नेपाली चलचित्रमा उनको उपस्थिती भने अहिले पहिलेको जस्तो बलियो छैन। यो मुद्धाकै कारण शिल्पा र छवि दुबै जनालाई उतिकै असर परेको छ। मुद्धा अझैं लम्बिने सम्भावना छ।