काठमाडौं– वीरगन्ज प्रिमियर लिग (विपिएल) को मिति पुनः सरेको छ। पर्साको वीरगन्जमा हुने टी–२० क्रिकेट प्रतियोगिताको मिति दोस्रो पटक सारिएको हो।
यसअघि विपीएलको लागि तोकिएको मितिमा दक्षिण एसियायी खेलकुद (साग) र पाेखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता परेपछि प्रतियोगितालाई सारिएको थियो। पुष १४ गते तय गरिएको मितिमा राष्ट्रिय प्रतियोगिता मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप) परेकोले आयोजक मिति परिवर्तन गर्न बाध्य भएको हो।
आयोजक युनाइटेड क्रिकेट क्लबका अनुसार अब प्रतियोगिता माघ ४ गतेबाट सुरु हुनेछ र अबको केहि दिन भित्र प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिने छ। पर्सा जिल्लास्थित विरगन्जको नारायणी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप (विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ। त्यस्तै सर्वोउत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०–१० हजार प्राप्त गर्नेछन्।