काठमाडौं– पौस महिनाभरी नेपाली चलचित्र रिलिज नहुने भएपनि केही समय पछाडि रिलिज हुने चलचित्रका ट्रेलर सार्वजानिक भएर त्यो सुनसानको माहोललाई अलि रमाईलो बनाईरहेका छन्। माघको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दि कर्मा’ को ट्रेलर युटुबबाट रिलिज गरिएको छ। चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ। नायिका नीता ढुंगाना र नायक करण वर्मालाई एक्सन अवतारमा देखाइएको छ।
नायिका परमिता आर एल राणा र कलाकार वुद्दि तामाङलाई भने नेगेटिभ भूमिकामा प्रस्तुत गरिएको छ। देवकुमार श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा निर्माता जयराज रायले लेखेका हुन्। चलचित्रमा जयको साथमा श्रीदेव वीएल र निशा खतिवडा निर्माताको रुपमा छन् भने शारद खड्का सह–निर्माताको रुपमा छिन्।
यो चलचित्रको पटकथा तथा संवाद सुशिल पोखरेलले लेखेका हुन्। चलचित्रमा रामेश्वर कार्कीको छायाँङ्कन, कोशिश क्षेत्री, मानष थापा र अंकितबाबु अधिकारीको संगीत रहेको छ। चलचित्रले पूर्वी नेपालको तराई क्षेत्रमा हुने हत्या, आतंक र लुटपाटको घटनालाई प्रस्तुत गरेको छ।
https://www.youtube.com/watch?v=O86DRPm7ppM&feature=youtu.be