एजेन्सी– स्पेनिस बार्सिलोनाका अर्जेन्टिना फरवार्ड लियोन मेसीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या निकै ठुलो छ। सामाजिक सञ्जालमा मेस्सीका फ्यानहरुको संख्या आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको भन्दा कमी भएपनि जति छ ,त्यो सानदार छ।
विश्व फुटवलका सुपरस्टारहरुले विभिन्न सामाजिक सञ्जालबाट पनि निकै कमाइ गरिरहेका छन्। वर्ष २०१९ मा इन्स्टग्रामबाट सार्वधिक कमाइ गर्ने सेलिब्रेटिहरुको सुचि हालै सार्वजानिक भएको छ। सो सुचिअनुसार बार्सिलोनाका मेस्सी सबैखाले विधाबाट तेसा्र स्थानमा छन्। उनी फुटबल विधामा रोनाल्डो भन्दा पछि छन्।
मेस्सीले इन्स्टग्राममा पोस्ट गरेका विभिन्न व्यवसायिक विज्ञापन तथा पोस्टहरुमार्फत् मालामाल पैसा कमाइरहेका छन्। ताजा रिपोर्ट अनुसार मेस्सीले वर्ष २०१९ मा कूल १८.७ मिलियन पाउन्ड इन्स्टाग्राम बाट कमाई गरे। यो नेपाली रुपैयाँ २ अर्ब ८२ कारोड बराबर हुन आउँछ। मेस्सीले इन्स्टाग्रामबाट एक पोस्ट बापत औषतमा ५१८ हजार पाउन्ड कमाइ गर्छन्। यसको नेपाली रुपैयाँ ७ करोड ८२ लाख हुन्छ।
यता रोनाल्डोले भने २०१९ मा इन्स्टाग्रामबाट मेस्सीको भन्दा दोब्बर भन्दा बढी कमाइ गरे। उनले २०१९ मा ३८.२ मिलियन पाउन्ड अर्थात नेपाली रुपैयाँ ५ अर्ब ७७ करोड कमाई गरे। उनी इन्स्टाग्रामबाट कमाउनेमा पहिले नम्बरमा छन्। रोनाल्डोले एक पोस्ट वापत नेपाली रुपैयाँ ११ करोड ७८ लाख कमाई गर्छन्।
मेस्सीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १ करोड ३९ लाख छन् भने रोनाल्डोलाई फलो गर्नेको संख्या १ करोड ९५ लाख छन्।