काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित भएको छ। बुधबार भएको खेलमा संकटाविरुद्ध पुलिस २–१ गोलले विजयी भएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले १५ मिनेटमा अग्रता बनाएको थियो। उसका लागि सुमन लामाले गोल गरेका थिए। तर खेलको १८ औं मिनेटमा संकटाले पेनाल्टी प्राप्त ग¥यो। प्राप्त पेनाल्टीलाई अमितले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए।
पुलिसकाे लागि खेलको ३३ औं मिनेटमा सुमनले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यससँगै पुलिसले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। तर खेलको दोस्रो हाफमा थप गोल निस्कन सकेन र पुलिसले स्पष्ट ३ अंक जोडेको हो।