काठमाडौँ– बजार विस्तारको क्रममा रहेको चिनीया मोबाइल निर्माता कम्पनी भिभोले पछिल्लो समय विभिन्न उत्पादन बजारमा ल्याइरहेको छ। यसै क्रममा आफ्नो एस सिरिज अन्तरगत एसवान प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ।
केही समय अघिमात्रै कम्पनीले नेपाली बजारमा वाई सिरिजमा वाई नाइन्टिन सार्वजनिक गरेको थियो। भर्खरै एस सिरिजमा एसवान सार्वजनिक गरेको कम्पनीले त्यसको सफलता पश्चात आइतबार चार ओटा क्यामरा भएको भिभो एसवान प्रो सार्वजनिक गरेको हो।
जुन ज्याजी ब्लु र म्यास्टिक ब्ल्याक रंगमा उपलब्ध छ। ६.३८ इन्चको डिस्प्ले रहेको फोनमा क्वालकम स्न्यापड्रागन अक्टाकोर प्रोसेसर रहेको छ। आठ जीर्बी यामका साथ आएको यो फोनमा एकसय २८ जीबी आन्तरिक मेमेरी राखिएको छ। ४५ सय एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ड्युल इन्जिन फास्ट चार्जिङ सिस्टम समेत रहेको छ।
फोनमा ३२ मेगा पिक्सेलको वाटर ड्रप डिजाइन भएको सेल्फी क्यामरा रहेको छ। त्यस्तै फोनको पछाडि भागमा ४८ प्लस, ८ प्लस, २ प्लस दुई मेगा पिक्सेलको चारवटा एआई क्वार्ड क्यामेरा रहेका छन्। यसको बजार मूल्य ३६ हजार सात सय ९० रुपैयाँ तोकिएको छ।