काठमाडौँ– मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्के्टिङले एक्सपल्स २०० नेपाली बजारमा बिक्री सुरु गरेको छ। यो बाइकले नेपाली बजारमा पावर, डिजाइन, मूल्य र विशेषताका आधारमा धेरै मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ।
कम्पनीले होन्डा एक्सआर १९० एलसँग प्रतिस्पर्धा गरिरहेको हो। एक अर्काका प्रतिस्पर्धी यी दुई मोटरसाइकलबीचको तुलनात्मक समानता र भिन्नता यस्तो रहेको छ।
एक्सपल्स २००
एक्सपल्स २०० को लम्बाई २ हजार २२२ एमएम, चौडाइ ८ सय ५० एमएम र उचाई १ हजार २५८ एमएम रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने ह्वीलवेश १ हजार ४१० एमएम रहेको छ।
यस्तै, एक्सपल्स २०० मा उपलब्ध २०० सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिनमा ५ स्पीड गियरबक्स समावेश गरिएको छ।
कम्पनीका अनुसार एक्सपल्स २०० अफरोड राइडीङलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो। एक्सपल्स २०० मोटरसाइकलमा स्पोक ह्विल्स र अफ तथा अनरोड दुबै अनुकुल टायर रहेको छ। यसको फ्रन्ट साइडमा २१ इन्च र रियरम १८ इन्च ह्वील लगाइएको छ। यो बाइकको फ्रन्ट र रियर दुबैमा डिस्क ब्रेक रहेको छ। बाइकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ।
यो बाइकमा लामो र शार्प फ्रन्ट मडगार्ड, हरेक प्रकारको सडकको लागि उपयुक्त टायर र राउण्ड एलईडी हेडल्याम्प रहेको छ। यसमा स्मार्ट कनेक्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सिटको भित्री भागमा यूएसबी चार्जिङ पोर्ट राखिएको छ। डिजीटल टेकोमिटर, स्पिडोमिटर, ट्रिपमिटर जस्ता फिचर यो बाइकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाली बजारमा यो बाइक ३ लाख ८५ हजार रुपैयाँमा बिक्री हुदै आएको छ।
होन्डा एक्सआर १९० एल
यो बाइकको लम्बाई २०७५ एमएम, उचाई १ हजार १२४ एमएम,चौडाई ८१२ एमएम रहेको छ। १ हजार ३५१ एमएम ह्वीलवेश भएको यो बाइकको ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ।
कम्पनीका अनुसार होन्डा एक्सआर १९० एलमा १८४.४ सीसी एओएचसि एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन लगाइएको छ। यसले ८००५ आरपीएममा १५.६ बिएच पावरका साथै ६००० आरीपएममा १५.७ एनएम टर्क उत्पादन गर्छ। यो बाइकमा १२ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ।
यस्तै होन्डा एक्सआर १९० एलको फ्रन्ट साइडमा १६१ एमएमको टेलिस्कोपिक फर्क र रियरमा मनोशक स्विंग आर्मको सस्पेन्सन दिइएको छ । यसको फ्रन्ट साइडमा १९ इन्च र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यस्तै, फ्रन्ट साइडमा २४० एमएमको हाइड्रोलिक डिस्क र रियरमा ११० एमएमको ट्रेलिङ ड्रम ब्रेक लगाइएको कम्पनीले जनाएको हो।
होन्डा एक्सआर १९० मा पनि, स्पोक रिम, एबीएस, उच्च ग्राउन्ड क्लियरेन्ज, आकर्षक माइलेज जस्ता फिचर यसमा समेटिएका छन्। होन्डा एक्सआर १९० एल नेपाली बजारमा ५ लाख ९४ हजार रुपैयाँमा बिक्री हँुदै आएको छ।