काठमाडौं– ‘नेपाल भ्रमण बर्ष २०२०’ को प्रचार–प्रसार कार्यक्रम तीब्र गतिमा भईरहेको छ। उद्घाटनमा सांगीतिक समूह ‘कुटुम्ब’ ले ३ सय ६५ जना संगीतकारसँग कार्यक्रम प्रस्तुत गर्ने भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा बुधबार तीन बजेबाट शुरू हुने कार्यक्रम पौने ५ घन्टा चल्नेछ। उद्घाटन समारोहमा नेपालको संस्कृति झल्कने नाचगान तथा सांगीतिक कार्यक्रमहरू हुनेछन्। ‘कुटुम्ब’ ब्यान्डमा विषेशगरी छ जना छन्। नेपाली संगीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम कमाएको यो समूहले नेपाली बाजाको उत्थानसमेत गर्दैँ आएको छ। ‘
धेरैजसो नेपालका लोकप्रिय बाजाहरू बजाउनेछौ,’ ब्यान्डका सदस्य पवित महर्जनले भने, ‘करिब ३६५ जना संगीतकारसँग बजाउनेछौं।’ विषेशगरी २० जनाले च्याब्रुङ, ५० जनाले धां, १ सय ३० जनाले धिमे, ५० जनाले बाँसुरी बजाउनेछन्। त्यस्तै, ३० जनाले सारंगी, तीन-तीन जनाले तुङ्गना र अर्बाजो, एक सेटले पञ्चेबाजा बजाउन लागेका हुन्। यीसँगै अन्य स-साना बाजासमेत बजाउन लागेको महर्जनले जानकारी दिए।
कार्यक्रममा ‘कुटुम्ब’ ले आफ्नै संगीत बजाउने छ भने एक नयाँ धुनसमेत बजाउँदैछ। करिब आधा घन्टा प्रस्तुति दिने कार्यक्रममा ‘कुटुम्ब’ ले १० मिनेटमा भिजिट नेपालकै लागि लक्ष्य गरेर सातै प्रदेशका बाजा बजाउने ब्यान्डका सदस्य महर्जनले जनकारी दिए। ‘करिब आधा घन्टाको कार्यक्रममा हामीले १० मिनेट नयाँ संगीत बजाउनेछौं,’ उनले भने, ’यसैलाई समर्पण गरेर सातै प्रदेशका बाजा बजाउन लागेका हौं।’ उनका अनुसार कार्यक्रममा १२ वर्षका बालबालिकादेखि ५० वर्ष सम्मकाले सहभागिता जनाउनेछन्।