एजेन्सी– पछिल्लो समय नायिका दिशा पटानी एकदमै लोकप्रिय बनेकी छिन्। नायिका पटानी सामाजिक सञ्जालमा सक्रिय छिन्। सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेर उनी प्राय चर्चामा रहन्छिन्। उनै, दिशाले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना केही तस्वीर सार्वजनिक गरेकी छिन्। जुन तस्वीरले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।
दिशा पटानी चलचित्रको पर्दामा पनि सफल छिन्। उनी, अहिले ‘बाघी–३’ को छायाँङ्कनमा व्यस्त छिन्। तर, दिशाको चर्चा अझ धेरै नायक टाइगर श्राफसँगको प्रेम चर्चाले बढी भएको पाइन्छ। दिशाले सामाजिक सञ्जालबाट नयाँ बर्षको शुभकामना दिदै सार्वजनिक गरेको तस्वीर तपाइलाई भने कस्तो लाग्यो त?