काठमाडौँ– स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा डिसेम्बर २५ बाट बिक्री सुरु भएकाे थियाे। नयाँ बर्ष २०२० र क्रिसमसलाई लक्षित गरेर नेपाली बजारमा बिक्री सुरु गरेको टीभीएसको आधिकारकि वितरक जगदम्बा मोटर्सले जानकारी दिएको हो।
यसै गरि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भोलि बिहीबार पोखरामा पनि टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक गर्ने भएको छ। पोखरास्थित टीभीएस बाइक तथा स्कुटरको डिलर बतास ब्रदर्स सोरुममा गरिने एनटर्क रेस एडिसनको सार्वजनिक ब्राण्ड एम्बेसडर तथा नायिका स्वस्तिमा खड्काले गर्ने भएकाे हाे।
एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ। हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको छ। टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ। एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ। आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ।
याे स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ। यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ।