काठमाडौं– ‘काचो सुन्तला’ गीत बरिष्ठ गायिका बिमाकुमारी दुरासँग आवाज दिएदेखि दर्शकको नजरमा पर्न सफल गायक तथा सर्जक हेमन्त कान्छा अहिले एकदमै चर्चाको शिखरमा छन्। उनले पछिल्लो समयमा गरेका सबै मौलिक गीतले दर्शकको मन जित्न सफल भएका छन्। अहिले पनि उनले निकै मिठो कर्खा गीत ‘किन होला खै’ बजारमा ल्याएका छन्।
उनको एकल आवाजमा रहेको गीतको शब्द, संगीत राजकुमार बगरले गरेका हुन्। रमेश बिक रसाईलीको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा पनि हेमन्त र बिमाता घर्तीलाई देख्न सकिन्छ। सारङ्गी हातमा लिएर निकै फरक शैलीमा हेमन्त फिचरिङ् भएका छन्। छोटो समयमा सबैको जन जिब्रोमा झुन्डिन सफल गीतलाई अहिले बजारमा चलेका गीतभन्दा बिल्कुलै फरक शैलीको गीत मानिन्छ।
https://www.youtube.com/watch?v=FUXdb1D2-hk