काठमाडौं– नेपाल स्काउटले आयोजना गरेको ‘‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री’ अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रशनहरुको जवाफ दिएका छन्।
कमलादीमास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा बाअबालिकाकाले प्रधानमन्त्री ओलीलाई धेरै भरीका प्रश्नहरु गरेका थिए भने ओलीले त्यसको उत्तर दिएका थिए।
प्रधानमन्त्री ओलीलाई बाल्यकालको स्वाभाव, लक्ष्य, राति देख्ने सपना, बालबालिकाका लागि गरेका काम लगायत विषयमा केन्द्रित भइ प्रश्न तेर्स्याएका थिए। विभिन्न स्कुलबाट आएका बिद्यार्थीहरु आफ्ना अगाडि मञ्चमा बसेका प्रधानमन्त्रीले दिएको उत्तर सुनेर अचम्मित देखिन्थे।
प्रश्न जवाफ दिने क्रममा प्रम ओलीले आफ्नो प्रधानमन्त्री बन्ने लक्ष्य नभएको बताएका थिए। त्यस्तै उनले कुनै पनि लल्य प्रात्तीको लागि इमान्दार हुनुपर्ने बताएका थिए। कार्यक्रममा विभिन्न सामाजिक पक्षहरुसँग सम्बन्धित प्रश्नहरु सोधिएका थिए भने प्रधानमन्त्रीले ओलीले प्रेरणात्मक जवाफ दिएका थिए।