एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ। बुधबार राति भएको खेलमा सिटीले एभर्टनविरुद्ध २–१ गोलको जित निकालेको छ। सिटीलाई जिताउन दुबै गोल ब्राजिलियन स्टार ग्याब्रियल जेससले गरेका थिए। एभर्टनको तर्फबाट रिचार्लीसनले सान्त्वना गोल गरेका थिए।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा नै सिटीका फिल फोडेनले गोल गरेका थिए। तर भीएआरले मान्यता दिएन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल सम्भव भएको छ।
दोस्रो हाफको ५१ औं मिनेट सिटीले अग्रता बनाउन सफल भयो। उसका लागि इल्केए गुन्डोगानको पासमा जेसलले गोल गरेका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा रियाद महारेजको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
खेलमा फर्किन प्रयासरत एभर्टनले ७१ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेलमा फर्काएका संकेत गरेका थिए। तर त्यसपछि खेलमा अन्य गोल हुन सकेन र सिटीले खेल आफ्नो पक्षमा पा¥यो। जितसँगै सिटी ४४ अंकको साथ तेस्रो स्थानमा छ। पराजित एभर्टन २५ अंकसहित ११औं स्थानमा रहेको छ।