एजेन्सी– ला लिगा च्याम्पियन बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेगिन घाइते भएका छन्। स्टेगिनको घुँडामा चोट लागेका कारण उनी लामो समय फुटबलबाट टाढा हुने निश्चित भएको छ।
उत्कृष्ट लयमा रहेका स्टेगिन मैदानबाहिर बस्नुपर्ने भएका बार्सिलोना तनावमा परेको छ। उत्कृट बचाउहरु गर्ने स्टेगिनले बार्सिलोनालाई धेरैपटक हारबाट जोगाएका छन्। स्टेगिनले सोमबार मात्र बार्सिलोनाका मेडिकल टिमसँग स्वास्थ्य परीक्षण गरेको र उनको घुँडामा जटिलता देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
समाचारहरुमा बताइए अनुसार उनको घुँडाको सर्जरी गर्नुपर्ने अवस्था आउन सक्नेछ। सर्जरी गरिएको खण्डमा उनी करिब १ वर्ष फुटबल दुनियाँबाट टाढा रहनुपर्ने छ।