काठमाडौं– नेपाली साहित्यका महान लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला ‘पहिचान सम्मान–२०२०’ बाट पुरस्कृत हुने भएका छन्। पहिचान पुरस्कार कोषले मंगलबार विज्ञप्ति जारी गरी संग्रौलालाई पुरस्कार दिइने जानकारी दिएको हो। चैत २२ गते प्रदान गरिने पुरस्कारको राशी चार लाख दुई हजार दुई सय रूपैयाँ रहेको कोषले जनाएको छ।
कोष स्थापनापछि ‘पहिचान पुरस्कार’ पाउने साहित्यकार संग्रौला पहिलो व्यक्ति हुन्। सन् २०१५ मा स्थापित कोषले पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तित्वहरुलाई हरेक पाँच वर्षमा एकपटक ‘पहिचान सम्मान’ प्रदान गर्ने जनाएको छ। अहिलेका ब्यस्त र लोकप्रिय साहित्यकार संग्रौला लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका छन्।