काठमाडौं– अंग्रेजी नयाँ वर्ष २०२० सँगै नेपाल भ्रमण वर्ष पनि मनाइरहेको छ।आजदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। यो बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले भ्रमण वर्ष २०२० को शुभकामना दिंदै आफ्नो सुन्दरता छचल्किने तस्विरहरु सार्वजनिक गरेकी छिन्।

भ्रमण वर्षलाई लक्षित गर्दै यान्कीले नेपाली सम्पदाहरु माझ मोडल झैं पोजहरु दिएर खिचेका तस्विर आफ्नो ट्विटर ह्यान्डलमा राखेकी छिन्। राजदुत यान्कीले भ्रमण वर्ष सफल रहोस भन्दै पर्यटनमन्त्री योगेश भट्टराईलाई शुभकामना समेत दिएकी छिन्।
रातो र कालो पहिरनमा देखिएकी यान्कीले नेपालको सुन्दरताको प्रशंशा गर्दै एकचोटी भ्रमण गर्नेपर्ने देश भनेर उल्लेख समेत गरेकी छिन्। यो भन्दा पहिले पनि उनले यस्ता खालका तस्बिरहरु सार्वजनिक गर्दै आएकी थिइन्।