एजेन्सी– नयाँ बर्ष सबैका लागि बिशेष हुने गर्दछ। नयाँ वर्ष २०२० को यही मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ। मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस...२०२०’।
फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओए, होए...२०२० शुरु भइसक्यो।’ यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन् ‘सरको उमेर ३४ र म्यामको ४६... ग्रेट कम्बिनेसन।’
एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘बुढेसकालको लाठी’। एक प्रयोगकर्ताले लेखे, ‘अलिकति लाज राख मलाइका।’ त्यस्तै अर्का एकले कमेन्ट गरे, ‘आमा–छोराको प्रेम...वर्षौं वर्षसम्म बाँच।’ मलाइका र अर्जुन लामो समयदेखि सम्बन्धका कारण चर्चामा छन्। यी दुईलाई पार्टी र मस्ती गरिरहेको देखिन्छ। यो तस्बिरले अझै उनीहरुले के–के भनाई सहनुपर्ने हो त्यो बाँकी नै छ।