काठमाडौं– पहिलो चलचित्र ‘लिलिबिली’ मा नायक प्रदिप खड्का सँग रोमान्स गरेर दर्शकको मनमा बस्न सफल नायिका जसिता गुरुङ यतिबेला आफ्नो तेश्रो चलचित्रको छायाँङ्कनको प्रतिक्षामा छिन्। जसिताले यो विचमा विभिन्न चलचित्रमा काम गर्ने चर्चा नचलेका होइनन्, तर उनले रेनशा वान्तवा राइको निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’ मा काम गर्दैछिन्।
तर, यो चलचित्रको छायाँङ्कन भने शुरु हुन सकेको छैन। जसिता मात्र होइन, नायक धिरज मगर पनि यही चलचित्रको छायाँङ्कनको प्रतिक्षामा छन्। गतबर्ष चैत्रमा रिलिज भएको चलचित्र ‘लभ स्टेशन’ असफल भएपछि जसितालाई अप्ठ्यारो त भएको छ। किनकी, पहिलो चलचित्रबाट बनेको उचाई दोश्रोमा अझै माथि जाने अपेक्षा उनको थियो, जुन पुरा हुन सकेन।
तर, रेनशा वान्तवा राइको ब्यानरबाट आफूलाई फेरि बलियो बनाउने तयारी भने जसिताको छ। तर, जसिताको पर्खाई कहिलेसम्म? रेनशाले निर्मात्री रेखा थापाको निर्माणमा बन्ने चलचित्र पनि साइन गरेकी छिन्। रेनशाका अनुसार, उनी पहिला चलचित्र ‘आई एम ट्वान्टी वान’ को निर्देशन गर्दैछिन्।
लामो समयसम्म दर्शकबाट टाढा हुँदा पनि दर्शकले बिर्सने या नयाँ कलाकारले छायाँमा पारिदिने सम्भावना बढी हुन्छ। जसिताको यो बर्ष चलचित्र रिलिज नहुने त पक्का भईसकेको छ। यति लामो पर्खाईले जसिता झनै थकित नहुन्, र उनको कार्य व्यस्तता बढ्दै जाओस्।