काठमाडौं– हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ। चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ।
तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन। यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ। यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै नगर्नुहोस यी गल्ती।
सुत्नु अघि व्यायाम– हाम्रो स्वास्थ र शरिरको लागि व्यायाम एकदमै महत्वपूर्ण कुरा हो तर राती सुत्न भन्दा कम्तिमा तिन घन्टा अगाडी नै गरेको राम्रो। किनभने एक्सरसाइजले शरिरको तापक्रम बढाँउछ र सुत्न असजिलो बनाँउछ त्यसैले सुत्न अघि कहिल्यै पनि एक्सरसाइज नगर्नुहोस।
तातो पानीले नुहाउने– तातो पानीले नुहाउनाले तपाईको शरिरको तापक्रम बढाँउछ। तातो बढ्नाले र पसिना आउनाले तपाईलाई सुत्न गाह्रो बनाँउछ। त्यसैले सुत्नु अघि शरिर चिसो बनाउनुहोस।
धेरै तरल पदार्थ पिउने– क्याफिन र अल्कोहल दुवैले राती सुत्न गाह्रो बनाँउछ। यसैगरी सुत्नु अघि एक दुई घन्टा भित्र धेरै तरल पदार्थ पिउनाले बाथरुम धेरै जान पर्ने बनाँउछ र तपाँईको निन्द्रा बिथोल्न सक्छ। तर फेरी पानी पिउँदै नपिउनाले पनि तपाईलाई राती तिर्खा लाग्न सक्छ त्यसैले यसमा ब्यालेन्स गर्नुपर्ने हुन्छ।
राती अबेरसम्म काम– तपाईको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ। किनभने सुत्नुअघि काममा ध्यान केन्द्रित गर्दा तपाईको दिमाग उत्तेजित हुन्छ र तनाव उत्पन्न हुन्छ जसले राम्रो सँग निदाउन दिँदैन्।
मनोरञ्जनात्मक कथाहरु पढ्ने– यदी तपाँई एकदमै चाखलाग्दो उपन्यास पढिरहनुभएको छ भने तपाईलाई अझै एक पाना एक पाना भन्दै पढ्न मन लाग्छ जसले तपाईको निन्द्रा नै हराँउछ। त्यसैले सुत्नुअघि कहिल्यै पनि मनोरञ्जनात्मक कथाहरु नपढ्नुहोस।
गम्भिर कुराकानी गर्ने– कुनै गम्भिर कुराकानी वा झगडा गरेर सुत्नुभयो भने तपाईको दिमागमा धेरै कुरा खेल्छ र निन्द्रा लाग्दैन। त्यसैले राती सुत्न अघि कहिल्यै पनि गम्भिर कुराकानी वा झगडा नगर्नुहोस।