काठमाडौं — भारत २०२० भित्र चन्द्रयान ३ प्रक्षेपणको तयारीमा रहेको छ।
भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष के शिवनका अनुसार सन् २०२० भित्रै प्रक्षेपण गर्ने उद्देश्य सहित नयाँ योजनाको काम अघि बढिसकेको बताए।
भारतले सन् २००८ मा चन्द्रयान १ प्रक्षेपण गरेको थियो। जसबाट चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरु रहेको पत्ता लागेको थियो। सन् २०१९ मा भारतले चन्द्रयान २ को प्रक्षेपण गरेको थियो।
तर उक्त यानसँग विक्रम ल्यान्डर चन्द्रमाको ध्रुव छुनका लागि केही समय बाकीं रहँदा इसरोसँग सम्पर्क टुटेको थियो। चन्द्रयान २ बाट पानीको खोजलाई तीव्र बनाउने भारतले लक्ष्य राखेको थियो तर त्यो भने पुरा हुन सकेन।