काठमाडौं– हामी सबै अवसरको पर्खाइमा हुन्छौँ। तर यत्तिकै बसेर अवसर आउँदैन। त्यसको लागी आफैले प्रयास गर्नुपर्छ। एउटा काममा अत्यन्तै व्यस्त रहनु भयो भने तपाइलाई अवसर कति बेला आयो र गयो पत्तो हुँदैन। तपाइको हरेक दिन तनाव र एकोहोरो रूटिनमा बितिरहेको हुन्छ।
त्यसैले आफ्नो लागी समय निकाल्नुहोस्। दिमाग फ्रेस बनाउनुहोस्। रचनात्मक कराहरू सोच्नुहोस्।भेटघाट, कार्यक्रममा सहभागीता आदिको लागी समय मिलानुहोस्। सानै भएपनि काम पाउनुभयो भने इमान्दारी पुर्वक काम गर्नुहोस्। जब तपाइले काम गरेर अरूप्रति विश्वास दिलाउन सक्नुहुन्छ, तब त्यही नै तपाइको लागी अवसरहरू सिर्जना हुन थाल्छन्, र त्यही काममा नै तपाइले आफ्नो करियर देख्नुभएको छ। भने सुरूवातमा पैसालाइ भन्दा कामलाइ बढी महत्व दिनुहोस्।
त्यसपछी तपाइले अरू अवसर पाउँदै जानुहुन्छ र आम्दानी पनि बढ्दै जान्छ। आफुले काम गर्ने क्षेत्रका मानिसहरूसँग चिनजान गर्नुहोस्। ती मानिसहरूसँगको भेटमा आफ्नो विचार राख्रे गर्नुहोस्। आफ्नो क्षेत्रमा काम गर्दै गरेका आफ्नो उमेरका व्याक्तिलाइ साथी बनाउनुहोस्। यसले गर्दा आफ्नो कामको क्षेत्रका नयाँ अवसरहरूकाबारे जानकारी पाउन सक्नुहुन्छ। तपाइलाइ कसैले केही अवसर दियो या आफ्नो काममा कुनै पनि सहयोग गर्याे भने उसलाइ धन्यवाद दिनुहोस्।
उसलाइ धन्यवाद पत्रको रूपमा एमेल गर्न सक्नुहुन्छ या भेटेर धन्यवाद स्वरूप केही दिन सक्नुहुन्छ। यसो गर्दा तपाइको सम्बन्ध बनि रहन्छ। तपाइलाई अवसर दिएको व्याक्तिमा पनि तपाइ प्रति सकारात्मक धारणा बन्छ। जसले गर्दा तपाइलाई अरू अवसर मिल्ने सम्भावना रहन्छ र तपाइको नेटवर्क पनि बिस्तार हुन्छ। अरूको नक्कल नगर्नुहोस्, अरूको नक्कल गर्दा सुरूमा त तपाइ राम्रो देखिन पनि सक्नुहुन्छ।
तर त्यसले तपाइ प्रति मानिसहरूको नकारात्मक धारणा बन्र सक्छ। त्यसैले सिर्जनात्मक बन्नुहोस्। आफुले गरी रहेको काममा तपाइको आफ्नो क्षयमता, सोचलाइ पनि देखाउनुहोस्। यसले गर्दा तपाइको छुट्टै परिचय बन्र सक्छ र नयाँ अवसरहरू आउँछन्।