एजेन्सी– विश्व प्रसिद्ध चिनियाँ मोबाइल कम्पनी साओमीको बहुप्रतिक्षित स्मार्टफोन एमआई मिक्स अल्फाको सार्वजनिक हुने भएको छ। जनवरी महिनाभित्रमा नै सार्वजनिक हुने अपेक्षा गरिएको उक्त मोबाइल फोनको सार्वजनिक गर्ने मिति पछाडि धकेलिए हो।
साओमीले एमआई मिक्स अल्फा पहिलो पटक सेप्टेम्बरमा सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसमा परिवर्तन भएर जनवरीका लागि सारेको थियो। यद्यपी यो कहिले सार्वजनिक हुन्छ भन्ने विषय कम्पनीले खुलाएको छैन। कम्पनीले फोन सार्वजनिक गर्ने विषयमा चाँडोभन्दा चाढो जानकारी गराउने मात्रै जनाएको छ।
बाहिर आएका जानकारी अनुसार फोनमा ट्रिपल क्यामेरा सेटअप रहेको छ। जसमा १०८ मेगापिक्सेलको क्यामरा रहेको छ। सुटर १८०.६ प्रतिशतको स्क्रिन टु बडी रेसियो स्क्रिन रहेको यो फोन बजारमा आउने घोषणा लगत्तै यसको स्वरुप सार्वजनिक गरिएको थियो।
यसको सम्भावित मूल्य ३ लाख २८ हजार रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ। उक्त फोन सार्वजनिक गर्न किन ढिलाई भयो भन्ने विषयमा कुनै निश्चित कारण दिईएको छैन। तर फोनको प्राविधिक पक्ष त्यसको सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ।