काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ। क्रिकेट खेलेर ख्याति कमाएका सन्दीपले मायालु एल्मबमा समावेश गरेको उक्त गीत बुधबार आफ्नो युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्।
गीतमा शब्द तथा स्वर सन्दीपको नै रहेको छ भने संगीतमा सन्दीपसँगै राजन मगर रहेका छन्। पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सन्दीपले प्रेमीलाई आफ्नो रुम नम्बर २५ मा आउन आग्रह गरेका छन्।
गीतले प्रेमी र प्रेमीकाबीच हुने झगडालाई बिर्सिएर मुसुक्क मुस्कुराएर एक अर्काको प्रेममा डुब्न आग्रह गरिरहेको भाव प्रस्तुत गरेको छ। सन्दीप यतिबेला बिग ब्यास क्रिकेट खेल्नको लागि अष्ट्रेलियामा छन्।
https://youtu.be/znyqNF-8hus