काठमाडौं– चर्चित नायक तथा गायक दुर्गेश थापा सधै फरक प्रस्तुतिको साथ दर्शक सामु प्रस्तुत हुने गरेका छन्। उनका दर्जनौ गीत सुपरहिट छन्, भने मोडलिङ्मा पनि उनी अहिलेका नम्बर १ मोडेलको रुपमा चिनिएका छन्। तिज गीत ‘बिच–बिचमा’ र दशैं तिहार गीत ‘ह्याप्पी तिहार चिसो बियर’ चर्चामा आएपछि उनी अझै दर्शकको रोजाईँमा पर्न सफल भएका छन्। यसपटक उनले देशभक्ति गीत ‘बिर गोर्खाली’ बजारमा ल्याएका छन्।
धेरै जनालाई यो अचम्म लाग्न सक्छ, केही महिना अगाडि मात्र देशको कला संस्कृतिमा विकृति निम्त्याउने दुर्गेशले यति छिटो फेरि कसरी देश भक्ति गीत बनाए त? दुर्गेशको एकल आवाज रहेको यो गीतमा शब्द, संगीत भने सुरेश रानाको रहेको छ। शिव विकले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश खुकुरी हातमा बोकेर ‘उठ बिर गोर्खाली कित वार कित पार’ भनेर निकै फरक शैलीमा प्रस्तुत भएका छन्। केही समयदेखि नेपालको सिमानामा हस्तक्षेप गर्ने छिमेकी राष्ट्र भारतलाई पनि यो गीतले कडा चेताउनी दिएको छ। दुर्गेशको आफ्नै अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=JnSlV5Nz-Y0