काठमाडौं– हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन तथा प्रोटिन, कार्बोहाइड्रेट तत्व पाइने गरिन्छ। यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन्। लसुनको प्रयोगले खानालाई मिठो मात्र हुँदैन, यसले धेरै फाइदा पनि गर्दछ। बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन्। पुरुषहरुको लागि भुटेको लसुन धेरै फाइदाकर हुने गर्दछ।
भुटेको लसुन सेवन गर्दा हुने फाइदाहरूः
लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ। यसले स्टेमिना बढाउँछ। यसमा सेलेनियम, भिटामिन्स हुन्छ। यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ। यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ। यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ।
यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ। यसले मुटुको समस्याबाट बचाउँछ। यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ। मोटोपन तीव्र रूपले कम हुन्छ। यसबाट शरीरको टोक्सिन्स हट्छ। यसले किड्नी, लिभर समस्याबाट बचाउँछ।
भुटेको लसुन खाने तरिकाः
– भुटेको लसुन महमा मिलाएर खानुहोस्,
– सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ।
– हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस्।
रुघाखोकी लागेमाः
लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ। यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ।
मुटुका लागि फाइदाः
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ। यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ। यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ।
पाचनक्रियामा लाभः
यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ। मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ। लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनरुको काम गर्छ। शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ।
पखालाबाट छुटकाराः
यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृतु हुनसक्छ। यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ। यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ।
घाँटीको इन्फेक्सनमा फाइदाः
लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ। यसको मि श्रणमा एन्टी(इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ।