एजेन्सी– चीनले अबौं रुपैयाँ लगानी गरि अत्याधुनिक प्रविधियुक्त विश्वको पहिलो स्मार्ट हाईस्पीड ट्रेन शुरु गरेको छ। यो पूर्ण स्वचालित ट्रेन हो र यसलाई चलाउन कुनैपनि अपरेटरलाई राखिएको छैन्।
यो स्मार्ट ट्रेनको मर्मत संभार र रेखदेख पनि रोबोटले नै गर्नेछ। स्मार्ट ट्रेन सोमबार चीनको बेईजिंगबाट झांगजियाकोको बीच १७४ किलोमिटरको यात्रा सो ट्रेनले १० स्टपका साथ ४७ मिनेटमा पुरा गरेको थियो। यो नयाँ ट्रेन ३५० किलोमिटरको गतिमा कुद्नसक्छ भने यो ट्रेनमा ५जी सिग्नल, वायरलेस चार्जिंग र स्मार्ट लाइटिंग सिस्टमको सुविधाहरु रहेको छ।
यो ट्रेनमा भएको जीपीएस सिस्टम पनि चीनले आफैंले तयार पारेको र ट्रेनमा सबै सुविधाहरु आर्टिफिशियल इन्टेलीजेन्समार्फत जोडिएका छन्। चाइना रेलवे सेभेन्थ ग्रुप परियोजनाका इन्जिनियर दि केमेंगकाअनुसार यो स्मार्ट ट्रेनका लागि यसको रुटका ट्र्याकहरु र मेसिनहरुलाई पुरै परिवर्तन गरिएको छ। ट्रेनको भित्र र यसको सबै स्टपहरुमा रोबोटले आफ्नो सेवा दिनेछन्
यो ट्रेनलाई विशेषगरि सन् २०२२ मा हुने शीतकालीन ओलम्पिक खेलका लागि शुरु गरिएको हो र सो समयमा यी दुबै शहरहरुमा खेल आयोजना हुनेछ।