एजेन्सी– एसयाकै धनी व्यक्ति मुकेश अम्बानीले इकमर्श सुरु गरेका छन्। रियलाइन्स जिओ टेलिकमपछि उनले जिओ मार्टको नामबाट इकमर्श सुरु गरेका हुन्।
विश्वकै धनी जेफ बेजोजको अमेजन तथा अमेजन तथा वालमार्टको स्वामित्वमा रहेको फ्लिपकार्टको दबदबा भएको भारतीय इकमर्श ब्यापारमा अम्बानी पनि प्रवेश गरेका छन्।
मोदी सरकारले विदेशी लगानीका इकमर्श कम्पनीलाई कडाइ गर्नेगरी कानून ल्याएको समयमा अम्बानीले प्रवेश गरेका हुन्। यसबाट उनको इकमर्श ब्यापार फस्टाउने अनुमान गरिएको छ।
जिओ मार्टले ग्रोसरी आइटमको निशुल्क र छिटो ढुवानी गरिदिने बताएको छ। अम्बानीले सुरुमा टेलिकम सुरु गर्दा डेटाकोमात्र शुल्क लिने नीति लिएका थिए।