एजेन्सी– बलिउड नायिका भूमी पेन्डेकरका लागि गएको बर्ष बलिउड यात्रा सुखद रह्यो। उनले अभिनय गरेको ‘साँड कि आँख, बाला र पति पत्नी और ओ’ बक्स अफिसमा हिट भए। भूमीले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउन थालेपछि अहिले बलिउडमा उनको डिमाण्ड पनि उच्च रहेको छ।
हरेक किसिमका भूमिका गर्न सिपालु भूमी कुनै पनि बिषयमा बोल्न पनि माहिर छिन्। उनै, भूमी अहिले नयाँ बर्ष मनाउन भारत बाहिर छिन्। सन् २०२० मा भूमीको केही चलचित्र रिलिज हुँदैछन्, जुन बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ। उनै, भूमी नयाँ बर्षको अवसरमा समुन्द्री तटमा रमाएकी छिन्। उनले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘नयाँ दशकका लागि मेरो मुड’।
हरियो रंगको विकिनीमा भूमी मस्ती मुडमा देखिएकी छिन्। भूमीले आफ्नो नयाँ दशकको मुड भनेर हट तस्वीर सार्वजनिक गर्दै गर्दा कतै उनी अब आफ्नो भूमिकालाई पर्दामा पनि हट रुपमा प्रस्तुत गर्ने मुडमा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ। यो अड्कल मिल्न गयो भने उनको उचाईँ अझै बढ्नेछ।