काठमाडौं– मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकल धेरै प्रकारको रोग लाग्ने गर्दछ। हो त्यस्तै धेरै रोगहरू मध्येको एक रोग हो पायल्स जुन मलद्धारसँग सम्बन्धित छ। जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ।
यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डाक्टरहरूका अनुसार खानपिन र जीवनशैलीका कारणले यसको समस्या हुने गर्दछ्। यो वंशानुगत इतिहास पनि हुनसक्छ।
पायल्यस हुनुका कारणहरुः
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो। पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो। शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ। त्यसैगरी
कब्जियत– कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने रोग हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड, सागसब्जी कम खानाले कब्जियत हुने सम्भावाना हुन्छ्।
गर्भावस्था– गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। यस क्रममा पाचन समस्या हुन्छ। जसको कारण पायल्सको समस्या हुने गर्दछ।
जीवनशैली– मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पायल्स हुने गर्दछ।
वंशानुगत– बुबाआमाको गुणहरु र केहि चरित्रहरु आफ्नो सन्तति वा वंशमा सर्ने गुणलाई वंशानुगत भनिन्छ। परिवारमा कसैलाई यसको समस्या छ भने पनि पायल्स हुने गर्दछ।
उपचारहरु विधिः
– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ, कागती पानीको सेवनले पायल्समा राहात दिन्छ, नीमका पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्नुहोस् र पायल्सको मासुमा लगाउनुहोस्।
– कालो जिराको पाउडर आधा चम्चा महसँग खाँदा पाइल्सबाट राहत पाइन्छ, बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ, उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ। यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ।
– तुलसीको पातलाई पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ, कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा पायल्सको समस्यामा फाइदा पुर्याउँदछ्, तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ, मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा पलाएको मासु सुक्ने सम्भवना हुन्छ्।