चरिकोट– कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुट दिएको छ। पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर दिएको प्रमुख अशोक शिवाकोटीले जानकारी दिए।
३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शनका लागि भञ्ज्याङबाट कालिञ्चोक मन्दिरसम्म पुग्न केबलकार सञ्चालनमा आएको थियो।
यस अघि ५०० को टिकट लिएर केबलकारको सेवा उपलब्ध हुनेमा ४० प्रतिशत छुटपछि ३००को टिकट लिएर आवतजावत गर्न सकिने कार्यकारी प्रमुख शिवाकोटीले बताएका छन्।
शिवाकोटी अनुसार सो योजना हरेक हप्ताको सोमबार र बुधवार मात्र लागू हुनेछ। केबलकारबाट यात्रा गर्ने सबै उमेर समूहका यात्रुलाई सो छुटको व्यवस्था गरिएको कम्पनीले बताएको छ।