काठमाडौं — मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ।
सरकारले काठमाडौंको चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी —महाराजगञ्ज– धोबिखोला खण्डको सडकसिमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो।
त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो।