एजेन्सी– नायक कार्तिक आर्यन बलिउडमा अहिलेका हटकेक हुन्। उनले अभिनय गरेका चलचित्र एकपछि अर्को बक्स अफिसमा सफल भईरहँदा, उनको चर्चा पनि चुलिएको छ। कार्तिकको चर्चा भारतीय मिडियामा प्रेम सम्बन्धका कारण पनि धेरै हुन्छ। साराअली खानदेखि अनन्या पाण्डेसँग उनको नाम जोडियो। यो बिषयमा कार्तिक भन्छन्, ‘म कहिले पनि यस्तो कुरामा मतलव गर्दिन। म कुनै कुरामा ध्यान दिन्छु, तर यसको बिषयमा कुरा गर्दिन।
मैले मेरो व्यक्तिगत जीवन वा सम्बन्धको बिषयमा कहिले पनि बोलेको छैन। म मेरो कामको बिषयमा बोल्छु तर प्रेम चर्चा यस्तो बिषय हो, जुन बिषयमा मैले कहिले पनि बोलेको छैन।’ अनन्या अगाडि भन्छन्, ‘म कहिले पनि कसैको साथमा हिड्न लाज मान्दिन। मैले यो कुरा लुकाएको छैन। किनकी, यो कुनै अपराध पनि होइन। तर, मलाई यो बिषयमा कुरा गर्न आउँदैन, चाहे म सम्बन्धमा छु या छैन।’
बलिउडमा जब कलाकारको प्रेम सम्बन्धको चर्चा आउन थाल्छ यसले ठूलै हंगामा मच्चाउँछ। मिडियामा नै कलाकारको बिहे मिति तय हुन्छ। तर, आर्यनले आफ्नो सम्बन्धमा यस्तो अनुमानको कुरामा कहिले पनि तनाव नलिएको बताए। उनी भन्छन्, ‘म यो कुरामा ख्याल गर्दिनँ, यसैले पनि ममा यस्तो दबाब कहिले पनि आउँदैन। म बाहिर निस्कन सक्छु, म कसैको साथमा हुन सक्छु। ती भिडियोहरु मिडियामा सार्वजनिक भईरहेका छन् भन्ने चिन्तामा म कहिले पनि बस्दिनँ।’
कार्तिकले भने, ‘प्रेम एउटा यस्तो चीज हो, जसलाई म सम्मान गर्छु। किनकी, प्रेममा दुई व्यक्तिको सम्बन्ध हुन्छ। यसैले पनि तपाइले यो बिषयमा बोल्न आवश्यक छैन। यदि, अर्को व्यक्ति यो बिषयमा सकारात्मक छ भने पनि बोल्न आवश्यक छैन। किनकी, भोली यो कहाँ जान्छ र कसरी टुंगिन्छ थाहा हुँदैन। म यो कुरा सधै नै कायम राख्न चाहन्छु, यसकारण यो बिषयमा कुराकानी गर्दिन।’ उनको यो दार्शनिक तर्कले सबैलाई चकित बनाएको छ।