काठमाडौं– लोकप्रिय गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत नयाँ गीत बजारमा ल्याएका छन्। यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको छ। गायक चौलागाई चलचित्रको पाश्र्व गायनमा पनि निकै जमिसकेको नाम हो। यो गीतले एक यूवतीको मलमल सारी र सुन्दरताको बयान गरेको छ। गीतको भिडियोमा नायक पल शाह, वर्षा राउत र यूवराज चौलागाइले नै मोडलिङ गरेका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी, सुदिप बरालको छायाँङ्कन, अर्जुन जि सी को सम्पादन छ। भिडियोका लागि पनि गायक चौलागाइले निकै नै मिहिनेत गरेका छन्। त्यसैले समग्रमा गीत एकदमै उत्कृष्ट बनेको छ।
https://www.youtube.com/watch?v=MfjG62IzOv4