पटक–पटक मन दुखेको छ मनोमानी सँग
केही गुनासो पनि छ, समयको निसानी सँग
सधैं नै आँशु झारेर मात्र दिन झुल्लिएको देख्छु
अनि भन्छु केही सम्बन्ध छ रातको बिहानी सँग
संसार छोड्यौ रनि सधैं नै देखिरहन थाले मैले
आमा हेर शंका लाग्यो आँखाका, निगरानी सँग
परिबन्दले बाँधेको बेला समयले एक्ल्याईदियो
फेरि एक सम्झौता गर्नु छ यही, जिन्दागानी सँग
सिकाई अनि भोगाई बिल्कुलै फरक भईदिएर नै
केही दिन सहकार्य गर्नु नै छ आँखाको पानी सँग
लेखकः रेजिना सिंह