काठमाडौं– खाना सगै हामीलाई थोरै भएपनि चटनी वा अचार चाहिन्छ। अचार भएमा खानाको स्वाद तिख्खर हुन्छ। अचार बनाउन गाह्रो छैन, घरैमा सिलाम, गोलभेंडा, मुला, कांक्रालाई नुन र खुर्सानी पिसेर अचार बनाए पुग्छ। तर, हामीलाई जाँगर चल्दैन।
किनभने बजारमा तयारी अचार जतिपनि पाइन्छन्। प्याकेट वा प्लाष्टिकको बोत्तलमा आकर्षक ढंगले सजाइएका तयारी अचार ठूला सपिङ कम्प्लेक्सदेखि साना किराना पसलसम्ममा उपलब्ध हुन्छ। त्
यसैगरी कतिपयले मुला, खुर्सानी, अदुवा, कागति आदिको अचार बनाएर भण्डारण गर्छन्। तयारी वा बजारको अचारले जिब्रोको तलतल त मेट्छ, तर पेटलाई रोगी बनाउँछ। त्यसैले आज हामीले अचार खाँदा हुने शारीरिक समस्याहरुका बारेमा केही जानकारीहरुको बारेमा चर्चा गर्नेछौं।
अल्सरको खतरा– अचार बनाउँदा धेरै मसलाको प्रयोग गरिन्छ। त्यस्ता प्रकारका मसलाहरुले सबैलाई राम्रो गर्छ भन्ने हुँदैन। त्यसले आन्द्रामा अल्सर हुने सम्भावना पनि तीब्र हुन्छ।
आन्द्रा सुन्निन सक्छ– बढी मात्रामा अचार खानाले आन्द्रा सुन्निने खतरा हुन्छ। किनभने अचारले शरीरमा पानीलाई अवरोध गर्छ।
ब्लड प्रेसरको खतरा– जुन व्यक्तिलाई ब्लड प्रेसरको समस्या छ। उनीहरुले अचारबाट टाढा रहनु आवश्यक छ। अचारमा समावेश गरिने अत्यधिक मात्राको नुनले ब्लड प्रेसर बढ्ने खतरा हुन्छ।
मुटु सम्बन्धी रोग– अचार छिट्टै नबिग्रियोस् भनेर अचारमा तेल हालिन्छ। मुटुको लागि धेरै तेल सेवन हानिकारक हुन्छ। यस्तो अचार खाँदा मुटुको रोग हुने खतरा धेरै हुन्छ।
क्यान्सर हुन सक्छ– विशेषज्ञहरुका अनुसार धेरै अचार सेवन गर्नाले ग्याष्ट्रिक पछि हुने क्यान्सरको खतरा बढी हुन्छ। त्यसैले धेरै अचारको सेवन गर्नुबाट बच्नु पर्छ।