एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ। यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको निर्देशनअनुसार उनी मारिएको पेन्टागनले स्पष्ट पारेको हो।
यसअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गरेर उनीसहित केही मानिस मारिएको समाचार सार्वजनिक भएको थियो।
इरानको रिभुलस्नरी गार्डले पनि जनरल सोलेइमानी अमेरिकी हेलिकोप्टरमार्फत गरिएको आक्रमणमा मारिएको जनाएको छ। उनीहरुका अनुसार इराकी मिलिसिया नेता अबु महादी अल मुहान्डीज पनि मारिएका छन् ।
बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण, दुई मिलिसिया कमान्डर मारिए।अमेरिकी राष्ट्रपतिको निर्देशनमा अमेरिकी नागरिकहरुको सुरक्षाका लागि जनरल सोलेइमानी मारिएको पेन्टागनको वक्तव्यमा उल्लेख छ।
अमेरिकाले अमेरिकी चासोको विरुद्धमा रहेका संसारका जुनसुकै स्थानमा पनि आफ्ना जनताको सुरक्षाका लागि एक्सन लिइने जनाएको छ। रिपोर्टमा उल्लेख गरिएअनुसार इराकमा केही मिलिसिया प्रमुखहरुलाई अमेरिकाले बगदादमा हिरासतमा पनि लिएको जनाइएको छ।तर, औपचारिक रुपमा त्यसबारेमा बताइएको छैन। बीबीसी