एजेन्सी–अमेरिकाको विमान नियामक प्राधिकरणले आफ्ना सबै एयरलाइन्स कम्पनीलाई पाकिस्तानको वायु मार्गलाई लिएर चेतावनी दिएको छ। सो निकायले पाकिस्तानभित्र कट्टरपन्थी समूहको गतिविधिलाई लिएर सो चेतावनी दिएको हो।
चेतावनीमा भनिएको छ,‘‘उडानको समयमा सावधानी अपनाऔं। आतंकवादी गतिविधिका कारण पाकिस्तानको वायु मार्ग र सो क्षेत्रमा अमेरिकाको उडान सेवालाई खतरा रहेको छ।’’यसमा पाकिस्तानको विमानस्थलमा रहेका अमेरिकी बिमान कम्पनीका स्टाफलाई लिएर पनि चेतावनी दिइएको छ।
जसमा भनिएको छ,‘‘ पाकिस्तानका आतंकवादी तत्वको उपस्थिति अमेरिकी नागरिक विमानका लागि खतरा रहेको छ। यसमा छोटा हतियार, विमानस्थलमा हमला र एन्टी एयरक्राफ्ट हतियार सामेल रहेका छन्।बीबीसी