एजेन्सी–अष्ट्रेलियन नाभीले आगलागीबाट प्रभावित मल्लाकूटामा अलपत्र परेका सयौं मानिसलाई उद्धारका लागि अपरेसन सुरु गरेको छ। त्यहाँ करिब ४ हजार मानिस गएको सोमबारदेखि समुद्रको आसपासमा अलपत्र छन्। यसरी अलपत्र पर्नेमा पर्यटक र स्थानीय मानिस पनि रहेका छन्।
त्यहाँबाट हजारौं मानिस न्यू साउथ वेल्सतिर पनि गएका छन्। त्यहाँ संकटकालको घोषणा गरिएको छ। गएको सेप्टेम्बरदेखि भएको आगलागीमा परेर अहिलेसम्म दुई राज्यमा १९ जनाको मृत्यु भएको छ।१ हजार २ सय भन्दा बढी घरलाई क्षति भएको छ भने करिब २८ मानिस हराइरहेका छन्।
यसैबीच आगलागीका विषयमा प्रधानमन्त्री स्कट मोरिसनको निकै आलोचना भएको छ। सरकारले कुनै मतलब नै नगरेको भन्दै विपक्षीलाई आलोचना गरेका हुन्। बीबीसी