एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिँदा सेफिल्ड युनाइटेडमाथि सहज जित निकालेको छ। स्टार फरवार्डद्वय मोहम्मद सलाह र साडियो मानेको गोलसँगै लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले २० खेल खेल्दा अपराजित रहन सफल रहेको छ। लिभरपुलले १९ जित र १ बराबरीको नजिता निकालेको छ। प्रिमियर लिगमा लिभरपुल लिगको नवौं चरणमा म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
एनफिल्डमा खेलको चौथो मिनेटमा नै सलाहको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो। सलाहले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए। सेफिल्डलाई लगातार दवावमा राखेपनि दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।
छैटौं मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको प्रहार बाहिरियो। १२औं मिनेटमा जोर्डन हेन्डरसनको प्रहारलाई गोलरक्षक डिन हेन्डरसनले बचाए। ३०औं मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको अर्काे प्रयास गोलरक्षककले विफल पारिदिए। ५७औं मिनेटमा रोवर्टाे फिर्मिनो गोल गर्नबाच चुक्यो।
६१औं मिनेटमा सलाहको प्रहार पोस्टमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चुक्यो। ६४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलाई २–० को सहज जित दिलाए।जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप बलियो बनाएको छ। लिभरपुलको २० खेलबाट ५८ अंक रहेको छ। जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १४ अंक बढी हो।