डाँडा काँडा सुर्खेत हर्रे बस्ती मन पर्यो
साँझतिर बजार हिंड्ने गस्ती मन पर्यो
हातमा हात अनि काँधमा काँध गरी हिड्ने
साँच्चै हो दाजु हो भाईको दोस्ती मन पर्यो
केही ठाउँ पुग्न नसकेनी हेराईको छुट्टै मज्जा
क्षणिक त्यो बसाँई अनि मस्ती मन पर्यो
बिहे नगर भाई हो भनी सम्झाएको त
त्यो ठिटाेलाई फेरि कस्ती–कस्ती मन पर्यो
समयले पर्खदैंन हेर साथी भाई हो
मलाई त हिजो भन्दा अस्ती मन पर्यो
लेखकः ज्ञानेन्द्र शाही