एजेन्सी– इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनले महत्वपूर्ण खेलहरु गुमाउने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनले तीन साता फुटबल खेल्न नसक्ने बताइएको छ।
साउथह्याम्पटनसँगको खेल दौरान केन घाइते भएका थिए। उक्त खेलमा टोटनहम १–० ले पराजित भएको थियो। केन खेलको ६५ औं मिनेटमा घाइते भएका थिए। बिहीबारको प्रारम्भिक परीक्षणले केनलाई कम्तीमा पनि तीन साता आराम गर्नुपर्ने देखाएको छ।
चोटसँगै केनले तीन साताको अवधिका महत्वपुर्ण खेलहरु गुमाउनेछन्। केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटीसँगको खेल गुमाउनेछन्। केनले २ फेब्रुअरीमा म्यानचेस्टर सिटीविरुद्धको खेलबाट पूनरागमन गर्न सक्नेछन्।
केन तीन साता मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुने देखिएकाे छ।