एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिगका लागि मेलबोर्न स्टार्सको टिममा फर्किएका छन्। सामान्य चोटका कारण मेलबोर्न पाँचौं खेल गुमाएका सन्दीप शनिबारको खेलका लागि टिममा अटाएका हुन्।
मेलबोर्नले खेलेको शुरुवाती चारै खेलमा सहभागि सन्दीपले ४ खेलबाट ३ विकेट लिएका छन्। किफायती बलिङ गरिरहेका सन्दीपलाई मेलबोर्नले शनिबारको खेलको लागि १३ खेलाडीको सूचीमा समावेश गरेको छ। प्लेइङ ११ भने शनिबार नै सार्वजनिक हुनेछ।
सन्दीपको अघिल्ला प्रदर्शनको आधारमा उनी प्लेइङ ११ मा पर्ने सम्भावना प्रवल रहेको छ। यता सन्दीपको टिम मेलबोर्न स्टार्सले पनि जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। मेलबोर्न ५ खेलमा ४ खेलमा जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा छ।