एजेन्सी– इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीले आज बिहान अमेरिकी आक्रमणमा इरानको इश्लामिक रिभोलुसन गार्डस कप्र्स आई आरजीसीका फोर्स कमान्डर कुसाम सोलेइमानीको मृत्यु भएकोमा बदला लिने प्रतिकृया जनाएका छन्।
अपराधीलाई खरो बदलाले प्रतिक्षा गरिरहेका छ, सोलेइमानी र अन्यको हत्या गर्नेतर्फ संकेत गर्दै उनले देशका नाममा दिएको सन्देशमा भनिएको छ।
सर्वोच्च नेताले लडाईँ निरन्तर जारी रहने जनाउँदै सबै मित्र र शत्रुहरुलाई पनि थाहा छ प्रतिरोधको बाटो जारी छ र मुजाहिद्धिनका लागि विजयले पर्खिरहेको जनाएका छन्। उनले सोलेइमानीकी पत्नी र केटाकेटी तथा इरानी जनताप्रति सहानुभूति प्रकट गरेका छन्।उनले तीन दिन राष्ट्रिय शोकको पनि घोषणा गरेका छन्।
आज बिहान बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गर्दा सोलेइमानीसहित केही कमाण्डरहरुको मृत्यु भएको थियो। सीएनन