एजेन्सी– चर्लित बलिउड नायिका साराअली खानको करिअर अहिले बलेको छ। साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको सङ्ंख्या बढेको छ। उनै, सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’ मा देखिदैछिन्।
यो चलचित्रको हालैमात्र एक तस्वीर सार्वजनिक भएको छ। जहाँ, बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन्। डेभिड धवनले निर्देशन गरेको यो चलचित्र नायक गोविन्दा र करिश्मा कपुर अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेक हो। यो चलचित्र मे १ मा रिलिज हुँदैछ। सारा र वरुण दुबै अहिले छुट्टी मनाईरहेका छन्।
सारा आफ्नी आमाको साथमा छुट्टी मनाउन पुगेकी छिन् भने बरुण प्रेमिका नताशाको साथमा नयाँ बर्ष मनाउन भारत बाहिर छन्। यी दुइले नयाँ बर्षको बिदा मनाएर फर्किएपछि चलचित्रको प्रमोशन शुरु गर्नेछन्। यतिबेला उनीहरु सबैको नजरमा पर्न सफल भएका छन्।