एजेन्सी– चर्चित सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ। मोबाइल नम्बर मात्रै प्रयोग गरेर फेसबुकको मेसेजिंग एप मेसेन्जर प्रयोग गर्न सकिने तरिकालाई फेसबुकले परिवर्तन गरेको हाे।
अहिलेसम्म मेसेन्जरमा यूजर्सले आफ्नो मोबाइल नम्बर मात्रै राखेर एकाउन्ट खोल्न सक्दथे भने त्यसको लागि फेसबुक एकाउन्ट आवश्यक पर्दैनथ्यो। तर अब भने फेसबुकले मेसेन्जर एकाउन्ट लगइनको सिस्टममा परिवर्तन गरेको कम्पनीले जनाएकाे छ। यो जानकारी केहि यूजर्सले मेसेन्जर लगइन गर्न कठिनाई भोगेपछि थाहा भएको हो।
सो समस्याको बारेमा यूजर्सले रेडइटमा उल्लेख गरेका थिए, जोसँग फेसबुक एकाउन्टमा उनीहरुको मेसेन्जर एकाउन्ट लिंक गरिएको थिएन उनीहरुले मेसेन्जर खोल्दा समस्या देखिएको थियो। सो परिवर्तनको बारेमा फेसबुकले आफ्नो हेल्प सेन्टरमा समेत उल्लेख गरेको छ। जसमा फेसबुक एकाउन्ट नभईकन नै मेसेन्जरमा साइन अप गर्न सकिन्छ ? भन्ने प्रश्नमा उत्तर नसकिने राखिएको छ। जसमा भनिएको छ- होईन्, तपाईँले मेसेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट खोल्नुपर्दछ।